बुधबार, २६ वैशाख २०८१

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

समयपोष्ट २०७३ पुष १५ गते ८:२४

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे  नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्री परिषद बैठकले डा. घिमिरेलाई बिमा समितिको अध्यक्ष नियुक्त गरेको हो । बीमा विषयमा विद्यावारिधी गरेका डा. घिमिरे पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत हुन् । बनारसबाट बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधी गरेका उनलाई अध्यक्षका लागि अर्थमन्त्री कृष्णबहादुर महराले सिफरिस गरेका हुन् । बीमा समितिका निवर्तमान अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीको पुस ७ गते कार्यकाल सकिएको थियो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री