मंगलबार, ११ वैशाख २०८१

छिमेक लघुवित्तले बोनस शेयर र नगद लाभांश दिने

समयपोष्ट २०७३ पुष १४ गते ९:३७

छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको हेटाैंडामा भएकाे १५ औंं वार्षिक साधारणसभाले अार्थिक वर्ष २०७२\ ७३ को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर  र १२.७० प्रतिशत नगद लाभांश दिने निणर्य गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७२\७३ मा ४७ करोड १५ लाख ५ हजार १ सय ८४ रुपैंया खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकको हाल अधिकृत पूँजी १ अर्व, जारी पूँजी ५९ करोड ५७ लाख ४७ हजार ६ सय र चुक्ता पूँजी ५९ करोड ५७ लाख ४७ हजार ६ सय रहेको  जनाएकाे छ । २०५८ सालमा स्थापना भएको बैंकले ६१ जिल्लामा १२२ वटा शाखा मार्फत कुल २ लाख ९५ हजार २ सय ६८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री