शनिबार, ८ वैशाख २०८१

जनता बैंकले हकप्रद सेयरको आवेदन दिने मिति लम्बायो,पुस १० गतेसम्म आवेदन दिन पाईने

समयपोष्ट २०७३ पुष ५ गते ६:५३

जनता बैंक नेपाल (JBNL)ले निश्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आबश्यक रुपमा आबेदन नपरेको भन्दै समय थप गरेको छ । जनता बैंकको हकप्रद भर्ने म्याद पुस ५ सम्म तोकिएकोमा उल्लेखनीय रुपमा आबेदन नपरेपछि पाँच दिन म्याद बढाएर पुस १० गतेसम्म आबेदन गर्न सकिने गरी बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड,कमलपोखरी सहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम पाउन र बुझाउन सक्नेछन् । जनता बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर सर्वसाधारणमा जारी गरेको थियो । 

Advertisement

चुक्ता पूँजी दुई अर्ब ६ करोड रूपैयाँ रहेको जनता बैंकको पचास प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूजीँ तीन अर्ब नौ करोड रूपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन  जनता बैंकले त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेका कारण दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ ।जनताको हकप्रद तथा त्रिवेणीको बोनस बितरण पश्चात दुबै बैंक मर्ज भएर बन्ने बैंकको चुक्ता पूँजी झण्डै पाँच अर्ब पुग्ने  छ । मर्जर पश्चात बैंकको शाखा संख्या ६५, निक्षेप ३५ अर्ब र ३२ अर्बको कर्जा लगानी पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री