शुक्रबार, १६ चैत २०८०

३७ लाख डलरमा लिलाम भयो न्यूटनको पुस्तक

समयपोष्ट २०७३ पुष ४ गते ७:२८

 

Advertisement

बेलायती महान बैज्ञानिक सर आइज्याक न्यूटनको गति सम्बन्धि तिन नियमको वर्णन गरिएको पुस्तक ३७ लाख डलरमा लिलाम भएको छ । यससंगै उक्त बैज्ञानिक पुस्तक अहिलेसम्मकै अक्सन(लिलामी)मा बेचिएको सबैभन्दा महङ्गो मुद्रित पुस्तकको रुपमा दर्ज हुन सफल भएको छ । ‘प्रिंसिपिया मैथमैटिका’ नामक सो पुस्तक सन् १६८७ मा लेखिएको थियो । जसको बहिरी खोल बाख्राको छालाबाट तयार पारिएको छ । लाईभ साईन्सको खबर अनुसार सो पुस्तकमा न्युटनको गतिको तिन नियमहरुको ब्याख्या गरिएको छ । २ सय ५२ पृष्ठ लामो रातो रंगको सो पुस्तको लम्बाई नौ इंच र चौडाई सात इंच रहेको छ । खबरका अनुसार यस पुस्तकको कर्यौ पृष्ठहरुमा लठ्ठीहरुको चित्र समेत समावेस भएको छ । पछिल्लो ४७ सालमा न्युटनको अर्को एक मौलिक प्रति पनि बेचिएको थियो । सो प्रतिलाई किंग जेम्स द्धितियलाई (१६३३-१७०१) लाई उपहार स्वरुप दिईएको थियो । सोहि प्रतिलाई २०१३ डिसेम्बरमा क्रिस्टीज न्यूयार्कमा २५ लाख डलरमा खरीद गरिएको लाईभ साईन्सले जनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री