शुक्रबार, १६ चैत २०८०

एडभान्स अटोमोबाइल्सको ‘रेनो विन्टर सुपर सेलेब्रेसन अफर’

समयपोष्ट २०७३ पुष ४ गते ४:४४

रेनोका नेपालका लागि आधिकारिक वितरक, एडभान्स अटोमोबाइल्स प्रालिले डस्टर तथा क्विड गाडीमा ‘रेनो विन्टर सुपर सेलेब्रेसन अफर’ घोषणा गरेको छ । 
क्विडका लागि न्यूनतम १२ हजार ९ सय ९९ रुपैयाँदेखि सुरु हुनेछ भने डस्टरमा २७ हजार ९ सय ९९ देखि सुरु हुने मासिक किस्ताका साथमा सुरु हुने कम्पनीले जनाएको छ । 
ग्राहकहरूले आफ्ना कार फाइनान्स गर्न चाहेमा वार्षिक ६ दशमलव ९९ प्रतिशत ब्याजमा सो सुविधा लिन सक्नेछन् । त्यसैगरी, ग्राहकले हरेक खरिदमा नगद छुटको ग्यारेन्टीका साथै २ वर्षको निःशुल्क सेवा र सडक कर भुक्तानी सेवा प्राप्त गर्नेछन् । पुरानो कार एक्सचेन्ज गरेर नयाँ क्विड खरिद गर्न चाहने ग्राहकले ३० हजार रुपैयाँको एक्सचेन्ज बोनस प्राप्त गर्ने र सोे कार दुई वर्षको वारेन्टीसहित आउने कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री