मंगलबार, ६ चैत २०८०

टोयोटाले पेश गर्यो ‘सेक्‍सी डायमण्ड’ कार, चिफ इञ्जिनियर भन्छन् अन्तिम श्वाससम्म यसलाई मानिसले मनपराउँनेछन्

समयपोष्ट २०७३ पुष ३ गते ७:४७

टोयोटा मोटरकर्पले नयाँ कारको लुक्स जुवैलरीबाट प्रेरित भई प्रस्तुत गरेको छ । टोयोटाका चिफ इञ्जिनियर हिरोयूकी कोबाका अनुसार टोयोटा को नयाँ C-HR मोडललाई सेक्सी डायमंड थिममा प्रस्तुत गरएको हो । यस थिमलाई कारको बाहिरी र भित्रि दुबै लुक्समा देख्न सकिन्छ । यसको सूरुवाति मुल्य भारतमा २० लाख IC तोकिएको छ । 
कोबाका अनुसार स्माल स्पोर्ट युटिलिटी भेहेकल रुचाउँने कष्टोमरहरु अलग डिजाईन मनपराउँने गर्दछन् । C-HR को लागि जापानमा २९ हजार अर्डर भइसकेको कोबाले बताए । टोयोटाको C-HR मन नपराउँनेले यो गाडी कहिले नरुचाउँने र यदि कष्टोमरले यसलाई मनपराए अन्तिम श्वाससम्म यो गाडीलाई  नछोड्ने कोबाको दाबी छ । 
टोयोटाले यो गाडी १.७० लाख युनिट बनाउँने योजना बनाईरहेको छ । तुर्किमा १ लाख र जापानमा ७० हजार बनाईनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले इम्पोर्टेड व्हील्सको आलोचना गरिरहेका छन् । यसबाट सि एच आर र अन्य मोडल प्रभावित हुने बताईएको छ । 

Advertisement

C-HRको फिचर्सहरुमा यसमा 1.2 लिटर पेट्रोल  इञ्जिन र 114 bhp टर्बोचाजर्ड ,छ स्पीड मैनुअल या सीवीटी गियरबक्स राखिएको छ । अन्य फिचर्सहरुमा गाडीमा 17 अलय व्हील्स ,अटो हेडलाइट्स, अटो वाइपर्स ,फोलो मी होम हेडलाइट्स, रीवर्सिंग कैमरा ,एलईडी डेलाइट रनिंग लाइट्स, प्री-कलिशन सिस्टम, रोड साइन एसिस्ट, अटोमैटिक हाई बीम, क्रूज कंट्रोल ,फग ल्याम्प, एबीएस, व्हीकल स्टेबिलिटी कंट्रोल जस्ता सिस्टमहरु राखिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री