शुक्रबार, १४ वैशाख २०८१

जलविद्युत आयोजनामा सरकारले हरेक घर परिवारलाई एक लाख शेयर दिने, विपन्नलाई प्रति कित्ता ५० रुपैंयामा किन्ने व्यवस्था मिलाईने

समयपोष्ट २०७३ पुष ३ गते ५:२३

मन्त्री जनार्दन शर्मा प्रभाकरले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताएका छन ।
नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको र त्यसमा सहभागी हुन आव्हान गरे  ।
 एक लाख रुपिँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले  पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए । एक लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने उनले बताए । “लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला, उनले भने ।
अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको उनले जानकारी दिए । एक कित्ता शेयरको एक सय रुपिँया पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंया तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उनले बताए । 
नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बनाइएको जानकारी दिँदै मन्त्री शर्माले हरेक कार्यकर्तालाई पनि त्यसमा सहभागी हुन आग्रह गरे । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री