शुक्रबार, ७ वैशाख २०८१

द ब्रिटिस कलेजले सुरु ग-यो योब इन्टरप्रेनर्स सोसाइटी

समयपोष्ट २०७३ पुष ३ गते ४:५५

 द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीहरुको नविन व्यावसायिक सोचलाई व्यवसायमा रुपान्तरण गर्ने उद्धेश्यले योब्ग इन्टरप्रेनर्स सोसाइटी (एस) सुरु गरेको छ ।

Advertisement

विहिबार कलेजले विशेष कार्यक्रम आयोजना गरेर सोसाइटीको औपचारिक सुरुवात गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी एवं उद्यमी राजेन्द्र खेतानले उक्त सोसाइटीको उद्घाटन गरेका थिए । उक्त अवसरमा खेतानलेनेपालमा व्यवसायीक सम्भावनाका बारेमा विद्यार्थीलाई बताएका थिए । उनले नेपालमा बस्तुको माग र आपुर्तिको अवस्थाको बारेमा पनि सोसाइटीमा आबद्ध विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा कलेजका डाइरेक्टर महेन्द्र कँडेल र प्रिन्सिपल माइकल बान्र्सले विद्यार्थीहरुको अभियानको स्वागत गर्दै यस्ता सिर्जनात्मक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । योब् इन्टरप्रनेर्स सोसाइटीको स्थापना स्नातकोत्तर तहका चार विद्यार्थीहरु सुभद्रश्री राजभण्डारी, कृष्णबहादुर सिंह, सफल श्रेष्ठ र आह्वान श्रेष्ठले गरेका हुन् ।

उनीहरुले सोसाइटीको उद्धेश्य र यसले भविष्यमा गर्ने कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । उद्यमी खेतानलाई सोसाइटीको पहिलो सदस्यको रुपमा स्वागत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री