शुक्रबार, १४ वैशाख २०८१

२० रुपैयाँको नयाँ नोट बजारमा

समयपोष्ट २०७३ पुष १ गते ९:१७

नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको छ । चल्तीमा रहेका भन्दा केही हेरफेर गर्दै २० रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको हो । यसअघि को २० को नोटमा एउटा मृगको तस्बिर थियो भने  नयाँ डिजाइनका नोटमा दुई वटा बाह्रसिंगेको तस्बिर राखिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षरमा आएका यी नोटको संकेत नम्वर ज/ १६०००००१ देखि ञ/९९९९९९ सम्म रहेको छ।  नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, तल्लो भागका बोर्डरमा नोटको सिरियल नम्वर र नेपालीमा वि.सं. २०७२ लेखिएको छ। त्यसको ठीक पछाडिपट्टि २०१६ एडी लेखिएको छ । नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ बराबरको २० का नयाँ नोट अर्डर गरेको थियो, त्यसमध्य एक करोड ५० लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा ल्याइनेछन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री