बिहीबार, १३ वैशाख २०८१

एसबिआई बैंकले एफपिओ निश्कासन गर्दै,न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने

समयपोष्ट २०७३ पुष १ गते ९:०४

नेपाल एसबिआई बैंकले कुल ६७ हजार ७ सय ६७ कित्ताका लागि प्रतिकित्ता ९ सय ७१ रुपैयाँका दरले एफपिओ निश्कासन गर्न लागेको छ । पुँजी बढाइएपछि सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत कायम गर्न बैंकले एफपिओ जारी गर्न लागेको हो । कम्पनीको हाल ३ अर्ब ८८ करोड चुक्ता पुँजी छ। कम्पनीले पुस १० गतेदेखि एफपिओका लागि आवेदन लिने भएको छ । कम्पनीको न्यूनतम १० कित्तादेखि अधिकतम ६ सय ७० कित्तासम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने बिक्री प्रबद्र्धक एनएमबि क्यापिटलले जनाएको छ ।  इच्छुक आवेदकले चाँडोमा पुस १३ गते र ढिलोमा २४ गतेसम्म आवेदन बुझाउन सक्नेछन् । आवेदन एसबिआई बैंकका कार्यालयहरु केशरमहल, ठमेल, न्यूरोड, गौशाला, कुलेश्वर, ताहाचल, कलंकी, बौद्ध, महाराजगञ्ज, नयाँ बानेश्वर, गंगबु, टेकु, पेप्सीकोला, ग्वार्को, जाउलाखेल, भैंसेपाटी, सुर्यविनाय ,एनएमबि क्यापिटल नागपोखरी,एसबिआई मर्चेन्ट बैंक हात्तिसारबाट दिन सकिनेछ । उपत्यकाबाहिर भने एसबिआईका विभिन्न शाखा कार्यालयबाट आवेदन बुझाउन सकिनेछ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री