शनिबार, ८ वैशाख २०८१

मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता 

समयपोष्ट २०७३ मंसिर ३० गते ११:४४

मेगा बैंक नेपाल लिमिटेड र बुम रेमिट्यान्स प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको   छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बिहीबार रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

यो सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ । 

बुम रेमिटसँगको साझेदारीपछि विशेषगरि माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको बुम रेमिटले छिट्टै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने उल्लेख छ । 

boom

बुम रेमिटबाट पठाएको रकम मेगा बैंकको देशभरका ३९ वटा शाखा कार्यालय एवं देशभरि छरिएका १४ सय एजेन्टबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री