
आज (पुस ११ गते) ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक, र ग्रीन भेन्चर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले पुस १२ गते (भोलि) बुकक्लोज गर्ने भएका छन् भने सिद्धार्थ बैंक र ग्रीन भेन्चर्स लिमिटेडले पुस १४ गते (आइतबार) बुकक्लोज गर्नेछन्।
एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २४ गते, बुधबार, तेह्रौँ वार्षिक साधारण सभामा पारित गर्नेछ। सभा बिहान १० बजे, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा हुनेछ।
सर्वोत्तम सिमेन्टले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २६ गते, शुक्रबार, छैठौँ वार्षिक साधारण सभामा पेस गर्नेछ। यो सभा बिहान ११ बजे, होटल भिलासा, भैरहवा, रुपन्देहीमा आयोजना हुनेछ।
ग्रीन भेन्चर्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २८ गते, आइतबार, छैठौँ वार्षिक साधारण सभामा प्रस्तुत गर्नेछ। सभा बिहान ११ बजे, रानी महल ब्याङ्क्वेट, ज्ञानेश्वर, काठमाडौँमा हुनेछ।
सिद्धार्थ बैंकले पुस २८ गते, आइतबार, बिहान साढे १० बजे, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, एसबिएल ८.२५ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र सञ्चालक समितिका सदस्यहरूको निर्वाचन गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछन्।
लाभांश सुरक्षित गर्न इच्छुक लगानीकर्ताहरूले आज (पुस ११ गते) सम्ममा आफ्नो नाममा सेयर सुरक्षित गर्नुपर्नेछ।










प्रतिक्रिया