बिहीबार, १३ वैशाख २०८१

एनएमबी बैंकको साधारणसभा पुस २४ गते , एफपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लगिदै

समयपोष्ट २०७३ मंसिर २९ गते ९:०३

एनएमबी बैंकले सर्वसाधारणको लागि थप नयाँ साधारण सेयर(एफपीओ) जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर किनेपछि बैंकले एफपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको हो । यस्तै बेंकले गत बर्षको खुद नाफाबाट १९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लैजाने भएको छ । बैंकको एक्काईसौं साधारणसभा  पुस २४ गतेलाई बोलाईएको छ । 

Advertisement

सो साधारणसभाले एफपीओ वापत जारी हुने सेयर संख्या, अंकित मूल्यमा प्रिमियम थप गरी कायम हुने सेयर मूल्य निर्धारण गर्नेछ । साधारणसभाले नै एफपीओ वापत जारी हुने सेयर संख्या कायम गर्नेछ ।

एनएमबीले केही महिना अघि नेदरल्याण्डको एफएमओलाई २० प्रतिशत हिस्सा कायम हुने गरी झण्डै ९४ लाख कित्ता संस्थापक सेयर प्रिमियम मूल्यमा बेचेको थियो । प्रति किक्ता १५० रुपैयाँ प्रिमियम थप गरी बेचिएको सो सेयरबाट संकलित झण्डै डेढ अर्ब उसको जगेडा कोषमा गएको छ ।

पाँच अर्ब ४३ करोड चुक्ता पूँजी भएको एमएनबीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड कमाएर प्रति सेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा कायम गरेको छ । बैंकको जगेडा कोषमा चार अर्ब २८ करोड र पूँजी कोष १४ रहेको छ ।  कम्पनीले सेयरधनी दर्ता किताब पुस ७ गते बन्द गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री