शनिबार, ८ वैशाख २०८१

नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले पनि सञ्चालन अनुपति पायो

समयपोष्ट २०७३ मंसिर २७ गते ६:४०

नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । धितोपत्र बोर्डको शुक्रबारको बैठकले कम्पनीलाई अनुमति दिएको हो। 

Advertisement

नेपाल एसबिआइ बैंकको शतप्रतिशत सब्सिडरी रहेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर निष्कासन तथाबिक्री प्रबन्धक, अन्डरराइटर, सेयर रजिष्ट्रार र पोर्टफोलियो म्यानेजरको काम गर्न पाउनेछ। 

एसबिआइ मर्चेन्ट सहित मर्चेन्ट बैंकिङ अनुमति पाउने कम्पनीको संख्या २१ पुगेको छ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको लागि आवेदन लिन स्थगित गर्नु अगावै एसबिआइ मर्चेन्टले निवेदन दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री