एभरेष्ट बैंक लिमिटेडले एजिएमको मिति यही आउँदो पुस २३ गते तय गरेको छ । बैंकले पुस २३ गतेको एजिएमबाट चुक्ता पुँजीको ७० प्रतिसत वोनस सेयर समेत पारिद गर्दैछ। वोनस सेयर वितरणपछि कायम पुँजीमा बैंकले तीन बराबर एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि एजिएमले पारित गर्ने छ। यसैगरी कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांसको प्रस्ताव पनि पुस २३ को एजिएममा लगिँदैछ। हाल एभरेष्ट बैंकको चुक्त पुँजी २ अर्ब ६६ करोड २६ लाख रुपैयाँ रहेको छ। ७० प्रतिशत वोनस सेयर दिएपछि बैंकको पुँजी ४ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । त्यसैगरी हकप्रद सेयर दिएपछि बैंकको पुँजी ६ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुग्ने छ ।





प्रतिक्रिया