शनिबार, १५ वैशाख २०८१

रिलायवल डेभलपमेन्ट बैंकले लाभांश दिने

समयपोष्ट २०७३ मंसिर २२ गते ७:०८

रिलायवल डेभलपमेन्ट बैंकले लाभांश दिने भएको छ  । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले लगानीकर्ताहरुलार्इ २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको  हो । बैंकले गतबर्षको मुनाफाबाट उक्त लाभांस वितरण गर्ने भएको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । हाल बैंकसँग ७८ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनसपछि बैंकको पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।

Advertisement

 ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता समेत भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री