शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रे बैंकको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

समयपोष्ट २०७३ मंसिर २० गते ३:४४

माछापुच्छ्रे बैंकले २ बराबर १ (२ः१)  अर्थात ५० प्रतिशत हकप्रदको बिक्री खुल्ला गरेको छ । बैंकले १०० रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन खुला गरेको हो ।  तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पछि ५ अर्ब ७९ करोड ६८ लाख १० हजार रुपैयाँ पूँजी पुग्नेछ ।

Advertisement

माछापुच्छ्रे बैंकको संस्थापक शेयरधनीहरु ५१ प्रतिशत रहेको छ भने सर्वसाधारण शेयरधनीहरु ४९ प्रतिशत रहेको जनाएको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर वितरण गर्न लागेको हो । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदनका लागि पुस २४ गतेसम्मको समयावधि रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री