शुक्रबार, १६ चैत २०८०

सिन्धुलीको चारनाथ भिमानमा सेनाले विमानस्थल बनाउने

समयपोष्ट २०७३ मंसिर १८ गते २:५५

नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु ग्र्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो ।
विपत वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । 
भिमानमा सेनाको करिब ४ सय भौगोलिक स्थितिका कारण त्यँहा बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । आजको कान्तिपुर दैनिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री