शुक्रबार, ७ वैशाख २०८१

हिमालयन बैंकले ३० प्रतिशत बोनस शेयर दिने

समयपोष्ट २०७३ मंसिर १६ गते ४:१८

हिमालयन बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।बैंकको मंगलबार बसेको ३३८ औं सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको हो ।

Advertisement

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।  पछिल्लो पटक बिक्री भएको हकप्रदका लगानीकर्ताले भने उक्त बोनस नपाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री