एनएमबि बैंकको मोबाइल बैंकिङ्घ एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसंग सम्झौता गरी बैंकका ग्राहकहरुले मोबाइल बैंकिंग एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

Advertisement

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

बैंकले हाल देशभर २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री