शुक्रबार, २१ वैशाख २०८१

बेहुलाको नाच देखेर बेहुलीले विवाह गर्न मानिनन्, रित्तै फर्किए जन्ती

समयपोष्ट २०८० मंसिर २७ गते ९:३५

Advertisement

बेहुलाको नाँच देखेर बेहुलीले विवाह नै गर्न अस्विकार गरेको घटना सार्वजनिक भएको छ ।

घटना भारतको उत्तर प्रदेश राज्यस्थित मैनपुरीको हो ।

करहल थाना क्षेत्र अन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिन ब्रजेश कुमारकी छोरीको विवाह थियो । जन्तीसहित बेहुला पनि निर्धारित समयमै आइपुगे ।जन्तीलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार गरे । विवाहको प्रक्रिया सुरु भइसकेको थियो । केहीबेरमा वरमालाको कार्यक्रम थियो । तर त्यसअघि बेहुला आफ्ना साथीहरुसँग नाच्न थाले ।

बेहुला नाच्न थालेपछि सबैको ध्यान उनीतिर आकर्षित भयो । बेहुलीले पनि बेहुला नाचेको देखिन् । तर उनलाई बेहुलाको हाउभाउ ठिक लागेन । मदिराको नशामा बेहुला नाचेको अनुमान लगाउन उनलाई कठिन भएन । बेहुलीले शंका गरेपछि परिवारका सदस्यहरुले नजिकै गएर वास्तविकता पत्ता लगाउने प्रयास गरे । अन्ततः बेहुलीको शंका सही ठहरियो । बेहुलाले मात्र नभइ बेहुलाका पिताले पनि मदिरापान गरेको पत्ता लाग्यो ।

Advertisement

त्यसपछि बेहुलीले कुनै पनि हालतमा त्यो बेहुलासँग बिहे नगर्ने अडान लिइन् । बेहुला पक्षले बेहुलीलाई मनाउनका लागि कयौँ प्रयास गरे, तर सफल हुन सकेनन् । बेहुलीको अडानलाई उनका परिवारजनले पनि साथ दिए । त्यसपछि बेहुला जन्ती लिएर बेहुली बिना नै फिर्ता भए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री