चुरे क्षेत्रबाट खुलेआम गिट्टी, बालुवा र काठ तस्करी, तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

मङ्गलबार पत्रकार सम्मेलन गरेर कांगे्रस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

“नेपाल–भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन”, सभापति यादवले भन्नुभयो, “अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौ ।”
त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री