कामना सेवा विकास बैंकको साधारणसभाको मिति तय
समयपोष्ट
२०८० मंसिर १९ गते ९:४९
कामना सेवा विकास बैंकको साधारणसभाको मिति तय भएको छ ।
बैंकको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते साधारणसभा गर्ने तय गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने उल्लेख गरेको छ।
प्रतिक्रिया