आइतबार, २९ असार २०८२

नेको इन्स्योरेन्सद्धारा जाजरकोट भुकम्प भएको क्षतिको दाबी भुक्तानी

समयपोष्ट २०८० मंसिर १७ गते १७:०३

Advertisement

नेको इन्सुरेन्स लिमिटेडले कर्णाली प्रदेश केन्द्रविन्दु भै गएको विनासकारी भूूकम्पबाट क्षति भै पर्न आएका सम्पूर्ण दावीहरुको भुक्तानी गरेको जनाएको छ ।

कम्पनीका अनुसार कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमा नै गएर दैलेख र जाजरकोटका सम्बन्धित पिडितहरुलाई दावी भुक्तानी गरेका छन् । आगामी दिनहरुमा पनि पर्न आउने दावीहरुको यथाशिघ्र भुुक्तानी दिन कम्पनी प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

गत शनिवार जाजरकोटमा जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुुख कालि बहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मिना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश के.सी. को उपस्थितिमा आयोजित एक कार्यक्रममा जाजरकोटका यस कम्पनीका बीमित भूूकम्प पिडितहरुलाई दावी रकम हस्तान्तरण गरियो । सो कार्यक्रममा बक्ताहरुले नेको इन्सुुरेन्सले समय मै दावी भुुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरु एवं समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो ।

सो कार्यक्रम नेको इन्सुुरेन्सका कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement

कम्पनीले देशको बीमा बजारमा विगत २८ बर्षदेखि सेवा पुु¥याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री