आइतबार, १३ फागुन २०८०

डडेलधुराबाट देउवालाई ओलीको फोन-तपाईको याद आयो (भिडियोसहित)

समयपोष्ट २०८० मंसिर १५ गते १०:०९

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् ।

सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छ । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् । अध्यक्ष ओली झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका हुन् ।

\

प्रतिक्रिया

सम्बन्धित सामाग्री