आइतबार, २३ वैशाख २०८१

कर्णाली सरकारले किन्यो जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर

समयपोष्ट २०७९ पुष १४ गते १८:५२

Advertisement

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रकै जलविद्युत आयोजनाको सेयर किनेको छ ।

हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत शेयर कर्णाली सरकारले खरिद गरेको हो ।

बिहीबार प्रदेश सरकारलाई सेयर खरिदबापतको प्रमाणपत्र आयोजनाले उपलब्ध गराएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सञ्जलय सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सेयर प्रमाणपत्र हस्तान्तरण गरे ।

Advertisement

प्रदेश सरकारले ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेको हो । प्रदेश सरकारले प्रति सेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार सेयर वापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री