आइतबार, २३ वैशाख २०८१

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण प्रकृया रोक्न परेको रिट खारेज

समयपोष्ट २०७९ पुष १३ गते १८:५८

Advertisement

सर्वोच्च अदालतले बुधबार धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली संशोधन विरुद्धको रिट खारेज गरिदिएको छ ।

संवैधानिक इजलासमा परेको रिट बुधबार न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्लको पुर्ण इजलासले उक्त रिट खारेज गरेको हो।

गत असोज २ गते नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) र धितोप दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स दिनेगरी धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधन गर्दै लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।

चुनावको मुखमा जथाभाबी प्रक्रिया नै नपु¥याइ नियमावली संशोधन गर्दै लाइसेन्स बाँड्न लागेको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले कात्तिक गत १६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धितोपत्र बोर्ड, नेप्से र अर्थमन्त्रालय समेतलाई विपक्षी बनाई लाइसेन्स प्रक्रिया तत्काल खारेज गर्न सर्वोच्चमा रिट दायर गरेका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री