शनिबार, ५ जेठ २०८१

एनसीसीलाई गाभेर कुमारी बैंकको एकिकृत कारोबार पुस १७ गतेबाट

समयपोष्ट २०७९ पुष १२ गते १२:१९

Advertisement

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभेर पुस १७ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक नै हुने छ।

बैंकको प्रधान कार्यालय टंगाल (अहिले कुमारी बैंक भएको) मा हुने छ। एकिकृत कारोबार थाल्दा दुबै बैंकको नजिक-नजिक रहेका केही शाखा बन्द गरिने छन्। कुल शाखा संख्या ३५५ हुन्छ। यसमध्ये ५८ स्थानमा शाखा नजिक नजिक छन्।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

Advertisement

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। उनी एनसीसी बैंकका प्रमुख कार्यकारी हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री