शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डले यसरी गरे पदभार ग्रहण (फोटो फिचर)

समयपोष्ट २०७९ पुष ११ गते २०:१३

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसलगत्तै उहाँले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गर्नुभयोे ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उहाँले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभयो ।

त्यसलगत्तै उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको हो । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा । 

 

लैनचौरस्थित शहिद स्मृति स्मारकमा सोमबार माल्यार्पण गर्दै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवनियुक्त मन्त्रीहरु सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागी हुनुहुँदै ।

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा प्रवेश गर्नुहुँदै ।

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार कीर्तिपुर नगरपालिका ४ स्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पणका क्रममा । प्रधानमन्त्री दाहाललाई प्रतिष्ठान परिसरमा प्रतिष्ठानका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्वागत गर्नु भएको थियो । 

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा प्रवेश गर्नुहुँदै । तस्बिरहरु : नवीन पौडेल, शान्ता आचार्य,प्रदीपराज वन्त/ रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री