शनिबार, १५ वैशाख २०८१

सूर्या लाइफ र ज्योति लाइफको आजदेखि संयुक्त कारोवार

समयपोष्ट २०७९ पुष ७ गते १८:३९

Advertisement

सूर्या लाइफ र ज्योति लाइफले आजदेखि संयुक्त कारोवारको सुरुवात गरेको छ ।

गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले बिहीबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेको हो ।

सूर्यज्योति लाईफ इन्स्योरेन्स क.लि. को नाममा कारोबार भएसंगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगर, केन्द्रिय कार्यालय शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ।

कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन हुनुभएको छ। प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ।

मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी रु.४ अर्ब ५४ करोड र कुल लगानी रु.२८ अर्ब भन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आ.व. २०७९/८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश रु.२२ अर्ब , कुल बीमाशुल्क रु.२ अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने रु.४२ करोड पुगेको छ।

बीमा क्षेत्रमा सूर्या लाईफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनिय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापना देखि छोटो समयमा नै विश्वनिय सेवा दिदै आफुलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।

कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाख भन्दा बढी बीमिंत लाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनि भएको छ।

मर्जर पश्चात सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको छ।

सूर्यज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत् , अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको
बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री