बिहीबार, २७ वैशाख २०८१

वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

समयपोष्ट २०८१ वैशाख १५ गते १६:२३

Advertisement

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा नेपाल ४ विकेटले विजयी भएको छ। २०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।

नेपालका तर्फबाट कप्तान रोहितले ५४ बलमा ११२, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन, कुशल भुर्तेलले १२ बलमा १६ र कुशल मल्लले १५ बलमा १६ रनको योगदान दिए।

वेस्ट इन्डिजका तर्फबाट बलिङमा ओवेड मकाइले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट, म्याथ्यु फोर्डले २ विकेट र किमो पलले एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाहुना टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन जोडेको थियो। जसमा कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन, केसी कार्टीले २० बलमा ३८ रन जोडेका थिए। नेपालका तर्फबाट कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान पौडेलले एक/एक विकेट लिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री