बिहीबार, २७ वैशाख २०८१

इलाममा ५१ प्रतिशत र बझाङमा ४३ प्रतिशतले गरे मतदान

समयपोष्ट २०८१ वैशाख १५ गते १५:४८

Advertisement

अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।

अहिले साढे २ बजेसम्ममा खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।

उहाँले प्रदेश सभा (१) को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो । बिहानसम्म न्यून मात्रामा मतदान भएको थियो । अहिले मतदाता आउनेक्रम बढ्न थालेका बताइएको छ ।

Advertisement

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री