आइतबार, २३ वैशाख २०८१

महुली लघुवित्तले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

समयपोष्ट २०७९ पुष ६ गते १६:०९

Advertisement

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्ने भएकाे छ ।

लघुवित्तले एफपिओ जारी गर्नका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धि सम्झौतामा महुली लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लघुवित्तको चार लाख १६ हजार १४७ कित्ता शेयर प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन गर्न लागिएकाे छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री