बिहीबार, २७ वैशाख २०८१

सुर्खेत रोडमा नेशनल लाईफको अत्याधुनिक भवन बन्दै

समयपोष्ट २०७९ मंसिर २७ गते १९:३६

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा बन्ने व्यापारिक भवनको शिल्यान्यास गरेको छ ।

मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले जग पुजा गर्दै भवनको शिल्यान्यास गरेक हुन् ।

करिब ३५ करोडको लागतमा बन्ने उक्त ७ तल्ले भवनअत्याधुनिक सेवा सुविधा सहितको हुने बैंकले जनाएको छ ।

जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरु सहित करिब १०० जनाको उपस्थिती रहेको थियो ।

Advertisement

नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिने छ ।

आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।

रु. ५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाईफ इन्स्योरेन्स ले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरण संग पूर्व स्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री