सोमबार, ७ जेठ २०८१

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश

समयपोष्ट २०८१ वैशाख २७ गते १२:४६

Advertisement

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । माओवादी संसदीय दलका नेता र सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई दाबी पेस गरेका हुन् । दुई दलका ५२ सांसदले हस्ताक्षर गरी दाबी पेस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री