शनिबार, १५ वैशाख २०८१

टोखाको मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप, प्रधानाध्यापक फरार

समयपोष्ट २०७९ मंसिर २१ गते २०:२७

Advertisement

काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

प्रधानाध्यापक माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् ।

प्रधानाध्यापकको कोठामा भदौ ७ मा र त्यसभन्दा पहिले पनि ढोका लगाएर भट्टराईले छात्रको ढाड मुसार्ने, भित्री वस्त्रको लक खोलिदिने र यौन सम्पर्कबारे सोध्ने गरेको आरोप छ ।

प्रअलाई बालबालिका सम्बन्धी ऐन–०७५ को दफा ६६ अनुसार कारबाही गर्न माग गरिएको छ । छात्राले उजुरी दिएपछि प्रअ भट्टराई फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री