शनिबार, १५ वैशाख २०८१

आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय

समयपोष्ट २०७९ मंसिर २० गते २०:१९

Advertisement

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलमा लगाईएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बताइएको छ ।

आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।

विदेशी मुद्रामा सञ्चितिमा संकट देखिएपछि सरकारले गत वैशाखदेखि विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।

अन्य वस्तुको आयात खुला गरे पनि अहिले पनि ४ वस्तुमा प्रतिबन्ध कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री