
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मनाङेले सोमबार एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।
विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको मनाङेले बताएका छन् ।
गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।







प्रतिक्रिया