बुधबार, १२ वैशाख २०८१

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

समयपोष्ट २०७९ मंसिर १९ गते ११:२९

Advertisement

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ ।

यस्तै एमालेले ४४ सिट जितेर दोस्रो र नेकपा माओवादी केन्द्रले १८ सिट जितेर तेस्रो दल बनेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री