शुक्रबार, १४ वैशाख २०८१

पूर्वी चीनको निर्माणस्थलमा आगलागी, ५ जनाको मृत्यु, २ जना घाइते

समयपोष्ट २०७९ मंसिर १७ गते १६:१७

Advertisement

पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दिउँसो ४-५० बजे आगलागी भएको थियो ।

उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो । पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको उपचार जारी छ ।

जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री