
काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा सञ्चालित रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब रातको १२ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।
बैठकले बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म खुला गर्न दिने निर्णय समेत गरेको छ ।
त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो । रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।
त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ । डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ । यसअघि रातीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय भएको थियो ।








प्रतिक्रिया