गोदावरीमा कल्पवृक्षका बिरुवा रोपण

कैलालीको गोदावरीमा कल्पवृक्ष रोपण गरिएको छ ।

Advertisement

जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियास्थित भरतपुर टोलको रामजानकी मन्दिर र गोदावरी मन्दिरमाथि डाँडामा रहेको गोरख धुनीमा कल्पवृक्ष रोपण गरिएको हो ।

रामजानकी मन्दिर परिसरमा वरिष्ठ पत्रकार पिआर चटौत र गोरख धुनीमा ब्राजिल बाबाले कल्पवृक्ष रोपण गर्नुभएको हो ।

“यो हिन्दू संस्कृतिको महान वृक्ष हो, यसको बिहानै दर्शन गर्ने वित्तिकै सकारात्मक ऊर्जा दिन्छ”, ब्राजिल बाबाले भन्नुभयो ।

वरिष्ठ पत्रकार चटौतले पत्रकार पुष्पराज जोशीको कल्पवृक्ष अभियानलाई सदैव साथ दिँदै हरित अभियान सञ्चालन गर्ने बताउनुभयो ।

Advertisement

यसअघि धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री