शुक्रबार, ४ जेठ २०८१

बैंक अफ काठमाण्डूको सुपर डे योजना : कार्ड बाहक ग्राहकहरुलाई ३००० सम्मको छुट

समयपोष्ट २०७८ मंसिर २७ गते २०:२१

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले सस्तो डिलको सुपर डे योजनामा ३,००० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

बैंकले प्रविधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक ग्राहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नको लागि ३,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिखसम्म संचालन गर्ने जनाएको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,००० सम्मको छुटको सुबिधा पाउन सक्नुहुनेछ ।

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री