बिहीबार, १३ वैशाख २०८१

राप्रपा महाधिवेशन : अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ

समयपोष्ट २०७८ मंसिर १६ गते १६:०९

Advertisement

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ ।

सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।

आजबाट सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री