मंगलबार, ६ चैत २०८०

झापाको गौंडामा सन्राइज बैंकको ५६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनममा

समयपोष्ट २०७७ पुष ८ गते १७:१०

Advertisement

सन्राइज बैंक लिमिटेडले झापा जिल्लाको बुद्घशान्ति गाँउपालिका–६, शान्तिनगर, गौंडामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५६ पुगेको छ । बैंकले बुद्धशान्ति गाँउपालिका–६, शान्तिनगर¬गौंडामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलार्ई नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा बुद्धशान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौला, सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेज बहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री