आइतबार, ६ जेठ २०८१

प्रभु बैंकले डाक्यो १९ औँ साधारणसभा

समयपोष्ट २०७७ पुष ३ गते १०:१३

Advertisement

प्रभु बैंक लिमिटेडले १९ औँ साधारणसभा डाकेको छ ।

बैंकले पुस २६ गते आफ्नो केन्द्रिय कार्यालयमा साधारणसभा डाकेको हो । कोभिड १९ को जोखिमका कारण सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएका कारण अन्य शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री