आइतबार, ६ जेठ २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

समयपोष्ट २०७७ पुष २ गते १२:०९

Advertisement

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ।

बैंकले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो।

बैंकले ७ प्रतिशत बोनस सेयर र करसहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने छ।

बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री