आइतबार, ६ जेठ २०८१

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

समयपोष्ट २०७७ पुष १ गते १५:३९

Advertisement

महालक्ष्मी बिकास बैंकले कोभिड-१९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।

ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुर्नकर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ब्याज दर घटाई सहुलियत प्रदान गरेको बैंकले जनाएको छ ।

पुर्नकर्जा कर्जा सुबिधाका लागि कोभिड-१९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री