आइतबार, ६ जेठ २०८१

बैंक अफ काठमाण्डूको “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन बन्द

समयपोष्ट २०७७ मंसिर ३० गते १८:०८

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते सार्वजनिक गरेको “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन सोमबारबाट बन्द गरेको छ ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरिएको छिटो अन्तिम मितिमा नै बन्द भएको जानकारी दिएको छ ।

बैंकद्वारा निष्काशन गरिएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको बैंकले जनाएको छ । बैंकले उक्त ऋणपत्र निष्काशनको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री