आइतबार, ६ जेठ २०८१

एन आई सी एशिया र सेण्टबी रेमिटबीच सम्झौता, दक्षिण कोरियाबाट नेपालमा रकम पठाउन सहज

समयपोष्ट २०७७ मंसिर ३० गते १८:०३

Advertisement

दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र सेण्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नुहुनेछ ।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।

कोरियामा बसोबास गरिरहेका नेपालीहरूले क्भलतदभ रेमिटको वेबसाइट सेण्टबी डट कम तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नुहुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री